रवि लामिछानेविरुद्ध सं‌सद्‌मा उजुरी


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संघीय संसद्‍मा उजुरी परेको छ । मंगलबार युवराज सफलले  संघीय संसद्‍को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेसमक्ष उजुरी दिएका हुन्।

उजुरीमा सहकारीको रकम हिनामिनाका सम्बन्धमा आएका समाचारका साथै लामिछानेको खातामा सहकारीबाट १ करोड ८० लाख गोरखा मिडिया नेटवर्कको शेयर खरिद बिक्रीको कागजसमेत भएको सार्वजनिक भएकाले छानबिन गरिदिन माग गरिएकाे छ ।

प्रतिक्रिया