गभर्नर अधिकारी विरुद्धको मुद्दाको सुनुवाई हेर्न नभ्याइनेमा


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै दायर रिटको सुनुवाई हेर्न नभ्याईने सुचीमा परेको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगाना र बालकृष्ण ढकालको इजलासमा गभर्नरको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै दायर भएको रिटको सुनुवाई गर्ने गरी पेशी तोकिएको थियो ।

द नम्बरमा तोकिएको रिटको सुनुवाई समय अभावका कारण नहुने भन्दै सर्वोच्च अदालतले हेर्न नभ्याइने सचीमा राखेको छ ।

अब सर्वोच्च अदालतले रिट निवेदनको सुनुवाईका लागि नयाँ मिती तोक्ने छ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदन परेको थियो ।

 

प्रतिक्रिया