यूरोपेली केन्द्रीय बैंकले ब्याजदर तत्काल नघटाउने


एजेन्सी – यूरोपेली केन्द्रीय बैंक (ईसीबी)का नीति निर्माताहरूले बिहीबार मुद्रास्फीतिविरुद्ध प्रगति भए पनि ऋण लागत घटाउन सुरु गर्न कुनै हतारो नभएको संकेत गरेका छन् ।

बैंकले ब्याज दर स्थिर राख्ने पहललाई जारी राख्ने अपेक्षा गरिएको छ । फ्रयाङ्कफर्ट इन्स्टिच्युटले लगातार तेस्रो बैठकमा ब्याजदर वृद्धिलाई स्थगन गर्ने सङ्केत गरेको छ ।

बढ्दो मूल्यलाई नियन्त्रण गर्न वृद्धिको उच्चतम दौडपछि महत्वपूर्ण निक्षेपका लागि तोकिने ब्याज दरलाई चार प्रतिशत कायम गरेको छ।

ईसीबीका अध्यक्ष क्रिस्टीन लेगार्डले गत हप्ता ब्याजदर उच्च विन्दुमा पुगेको तर आर्थिक अनिश्चितता र बढ्दो ज्यालाले मूल्यको दबाबमा पार्न सक्ने सम्भावित प्रभावको हवाला दिँदै मुद्रास्फीतिमा ‘विजयको उद्घोष’ गर्न धेरै चाँडो भएको बताएका थिए ।

उनले ईसीबीका अन्य अधिकारीहरूसँगको छलफलपछि अप्रिलको सुरुमा दर कटौतीको बजार शर्तबिरूद्ध पनि वृद्धिलाई निरन्तरता दिएका थिए ।नयाँ तथ्याङ्कले आर्थिक सुधारका थप सङ्केतहरू देखाएमा ऋणका लागि लिइने ब्याजदरमा ‘सम्भवतः’ आगामी गृष्म ऋतुसम्ममा ब्याजदरमा कटौती गर्नै थालिनेछ ।

 

 

प्रतिक्रिया