रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु


काठमाडौं- रुसी सेनामा भर्ना भएका  थप एक जना नेपालीको मृत्यु भएको छ ।  रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो ।

गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले मोक्त्तानको मृत्यु भएको खबर परिवारलाई प्राप्त भएको जानकारी दिए । गत भदौमा रुसी सेनामा भर्ती  भएका उनको मृत्युको खबर गत पुस १२ गते परिवारलाई आइपुगेको थियो ।

योसँगै रुस-युक्रेन युद्धमा मृत्यु भएका नेपालीको संख्या १३ पुगेको छ ।

प्रतिक्रिया