विराटनगरमा कोरोनाबाट दुईको मृत्यु


विराटनगर – कोरोना संक्रमणबाट विराटनगरमा दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा शनिबार सुनसरीका एक पुरुष र इलामकी एक महिलाको मृत्यु भएको जनाइएको छ ।

नोबेल मेडिकल कलेजका अनुसार सुनसरीको गढी गाउँपालिकाका एक ३८ वर्षीय पुरुष र इलाम नगरपालिकाकी ५९ वर्षीय महिलाको मृत्यु भएको हो ।

सुनसरीका युवकको शनिबार बिहान करिब ४ बजे मृत्यु भएको थियो भने इलामकी महिलाको बिहान करिब ७ बजे मृत्यु भएको हो ।

यसअघि शुक्रबार राति धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच महिने बालिकाको मृत्यु भएको थियो ।

प्रतिक्रिया