जनकपुरबाट अयोध्या जाने भनिएको रेल रद्द


जनकपुरधाम- जनकपुरधामदेखि भारतको अयोध्यासम्म राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जाने भनिएको विशेष रेल रद्द भएको छ ।

भारत सरकारले जनकपुरबाट जाने रेललाई अनुमति नदिएपछि रेल सेवा रद्द भएको जनकपुर रेलवेका प्रमुख प्रशासन सहायक रञ्जित ठाकुरले बताए ।

उनका अनुसार जनकपुरधामबाट राम मन्दिरको प्राण प्रतिष्ठाका लागि आज बिहान साढे ६ बजे विशेष रेल जाने तयारी भएको थियो । तर, रेल नजाने भएपछि श्रद्धालुहरू निराश बनेका छन्।

प्रतिक्रिया