८० वर्षका दुलाहा र ७० वर्षकी दुलहीले कसे लगनगाँठो


दार्चुला : दार्चुलामा पनाती पाइसकेका एक दम्पत्तीले बुढेसकालमा धुमधामसँग बिहे गरेका छन् । जिल्लाको अपिहिमाल गाउँपालिका–६ मज्जे बस्ने ८० वर्षीय राइसिंह धामी र ७० वर्षीय बिन्दु धामीले बुढेसकालमा बिहे गरेका हुन्।

हिजो राइसिंह र बिन्दुले गाउँमै बिहे गरेको पारिवारिक स्रोतले जनाएको छ। छोराछोरी, नाती, पनातीहरूले उनीहरूको बिहे गराइदिएका हुन्।

धामी दम्पत्तीको परिवारमा ३ छोरा बुहारी, ४ छोरी, ५ नाती, ४ नातनी, ३ नातनी, बुहारी, ४ पनाती र ३ पनातनी गरि जम्मा ३१ जना सदस्य रहेको बेहुला बाजेका नाती भगतसिंह धामीले जानकारी दिए ।

दुवै जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् ।

प्रतिक्रिया