

रूसमा नेपालीलाई सेनामा भर्ती नगर्न भएकालाई फिर्ता पठाउन परराष्ट्र मन्त्रीको अनुरोध

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदले रुसी विदेशमन्त्रीसँग नेपाली नागरिकहरूलाई सेनामा भर्ना नलिन अनुरोध गरेका छन् ।
युगान्डाको राजधानी कम्पालामा जारी असंलग्न राष्ट्रहरूको ‘नाम’ शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटघाटका क्रममा उनले सो अनुरोध गरेका हुन् ।
साउदले भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फर्काइदिन पनि आग्रह गरे । नेपाली नागरिकलाई सेनामा भर्ना नलिन र भर्ना भएकालाई फिर्ता गरिदिन भनेका हुन् ।
परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति दिन पनि आग्रह गरे।

