स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु


पोखरा- पोखरामा स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ । पोखरा २४ कास्कीकोटमा ग१क ४०८२ नम्बरको बसले ठक्कर दिँदा बाल प्रतिभा बोर्डिङ स्कुलको कक्षा ३ मा अध्ययनरत ३ वर्षीय समीर कार्कीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते उनको उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्‍याएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया