धरानमा सूर्तीजन्य वस्तु बिक्रीमा रोक


काठमाडौं – धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु भण्डार, बिक्रि वितरण र प्रयोगमा रोक लगाएको छ ।  उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शुक्रबार सार्वजनिक सूचना निकालेर १५ दिनभित्र यस्ता वस्तु बिक्री वितरण र प्रयोग गर्न नपाईने जनाएका हुन् ।

सूचनामा सार्वजनिक स्थानमा चुरोट, बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुटखा, पान पराग वा यस्तै सूर्तीजन्य वस्तु भण्डार, बिक्री र प्रयोग गरे नगर प्रहरीले जफत गर्नुका साथै कानुन बमोजिम कारबाही हुने जनाइएको छ ।

पुस २९ गते बसेको नगर कार्यपालिकाको बैठकले सूर्तीजन्य वस्तु बिक्री तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया