राष्ट्रिय सभा निर्वाचनका लागि ६ हजार ९१० मतपत्र अधिकृतको कार्यालयमा पुर्‍याइयो


काठमाडौँ – राष्ट्रिय सभा निर्वाचनका लागि मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको छ ।

सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइएको निर्वाचन आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए । उनका अनुसार प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको मतपत्र छापिएको छ ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको मतपत्र छापिएको छ ।

प्रतिक्रिया