भारतमा दुई नेपालीको शव क्षतविक्षत अवस्थामा फेला


काठमाडौं– भारतको कर्नाटक राज्यको नघबारामा दुई नेपाली मृत फेला परेका छन् ।

कञ्चननपुरको भीमदत्त नगरपालिका–५ का ३३ वर्षीय दिपक खड्का र डोटीका लक्ष्मणसिंह विष्ट मृत फेला परेका हुन् ।

बुधवार रातिदेखि बेपत्ता रहेका उनीहरूको शव क्षतविक्षत अवस्थामा बिहीवार बिहान रेलवे नजिक भारतीय प्रहरीले फेला पारेको मृतक दिपकका दाजु इश्वर खड्काले बताए ।

दिपकको शव चिनिने अवस्थामा रहेको भए पनि लक्ष्मणको शव टाउको नभएको अवस्थामा फेला परेको छ । उनीहरूसँग भएको आधार कार्डअनुसार भारतीय प्रहरीले पहिचान गरेर आफन्तलाई खबर गरेको इश्वर खड्काले बताए ।
अहिले दुवैको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया