
फोनबाट नगर प्रमुखलाई थर्काउने भोला पक्राउ
बारा- जिल्लाको कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहलाई धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
अज्ञात व्यक्तिले फोन गरी धम्की दिएको भनी नगर प्रमुखले प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको टोलीले पर्सा जिल्ला सखुवा प्रसौनी गाँउपालिका-५ महुवन बस्ने ३६ वर्षीय भोला गिरीलाई बुधबार पक्राउ गरेको हो।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराे जनाएकाे छ ।



कागजपत्र |
