मन्त्रीपरिषद् बैठकः कार्यबहाक प्रधानमन्त्रीमा खड्का, गंगालालको कार्यकारी निर्देशकमा डा. मल्ल नियुक्त


काठमाडौं — प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद्ले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बिहीबार)  युगान्डा जाने भएपछि खड्कालाई कार्यवाहक तोकिएको हो ।

साथै मन्त्रीपरिषद्ले गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ ।

प्रतिक्रिया