

एयरपोर्टमा बढ्यो चोरी, कांग्रेस नेताको लगेजबाट ब्रान्डेड जुत्ता निकालियो

काठमाडाैं – नेपाली कांग्रेसका नेता हिमालय कर्माचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो सामान चोरी भएको जनाएका छन् ।
अस्ट्रेलियाको सिड्नीबा नेपाल आएका कर्माचार्यले विमानस्थलमा आफ्नो लगेज चोरी भएको कुरा सामाजिक सञ्जाल फेसबुकमार्फत् जनाएका छन् । त्यस्तै उनले घरमा पुगेर लगेज खोल्दा आफ्ना महत्वपूर्ण सामानहरु निकालेर अरुकै सामान आप्mनो लगेजमा राखिदिएको समेत जनाएका छन् ।
उनी अहिले विमानस्थलमा हराएको सामानको विषयमा निवेदन जाने समेत फेसबुकमार्फत् जनाएका छन् । एयरपोर्टमा लगेज चोरी भएको घटना नयाँ भने होइन । यसअघि पनि पटकपटक यात्रुहरुले गुनासो गरे पनि त्यस किसिमको घटनामा कमी भने नआएको यो घटनाले पुष्टी हुन्छ ।
कर्माचार्य इलामका पूर्व सभापति एवं इलाम नगरपालिकाका मेयरका प्रत्यासी हुन् ।
उनी लेख्छन्,
अर्को खबरदारी!
Airport मा चोरको गिरोहले मेरो Branded जुत्ता, लेडिज स्याण्डल, पेन्ट, लगायत अन्य राम्रो सामान चोरेर, अर्को यात्रीको bag बाट चोरेको यो एक थान बच्चाको साइकल, चकलेटहरु हालेर चाबी ठिक दुरुस्त पारेको रहेछ। अति भयो Airport गएर मेरो हराएको सामानको विषयमा प्रकृया अगाडि बढाउदैछु।
उनले चार घन्टा अगाडि लेखेका छन,
सावधान! Airport को चोरदेखी सावधान!
अट्रेलियाको सिड्नीबाट नेपाल आए पछि घरमा मेरो लगेज खोल्दा Branded ३ जोडी जुत्ता, २ जोडी चप्पल, पेन्ट लगायत सामान चोरी भएछ। एउटा सुटकेस र अर्को ठूलो ब्याग मध्ये ब्यागबाट सामान चोरी भएको देखियो। Airport मा सामान चोरी हुने कुरा सुनेको मात्र थिए तर म आफैले भोगे। अहिले मलाइ थाहा हुदैछ चोरहरुको बिगबिगी भएको देशमा जे पनि हुदोरहेछ।

