

झापामा बेलुन फुलाउने मेसिन विष्फोट हुँदा एक जना गम्भीर घाइते

झापा – झापाको बिर्तामोड नगरपालिका–७ मा रहेको बेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेसिन विष्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
स्कुलले आयोजना गरेको शैक्षिक तथा खेलकुद कार्यक्रमको सजावटका लागि ग्यास भरिएको मेसिनबाट बेलुन फुलाउने क्रममा विष्फोट हुँदा अन्दाजी ५५ वर्षीय भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् ।
उनलाई उपचारको लागि विएण्डसी हस्पिटल पठाइएको र अवस्था चिन्ताजनक रहेको वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए । वडाध्यक्ष खरेलका अनुसार घाइतेको कम्मरमुनिको भाग क्षतविक्षत अवस्थामा छ ।
विष्फोटमा उनको खुट्टा चुँडिएर झरेको छ । विष्फोटमा अन्य एक जना पनि घाइते भएको र उनको अवस्था सामान्य रहेको बताइएको छ ।

