

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दल्दलेमा दुर्घटना, ४ जना घाइते

नवलपुर – नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको रात्री बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । काठमाडौं जाँदै गरेको भे १ ख ४१२८ नम्बरको यात्रुबहाक बस बिहान ५ बजेतिर नवलपुरको देवचुलीमा हुँदा ४ यात्रु घाइते भएका हुन् ।
४० जना यात्रु रहेको उक्त बस देवचुलीको अस्थायी प्रहरी पोष्ट दलदले नजिकै राजमार्गमा पल्टिँदा ४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
घाइते हुनेहरुमा जलेश्वर नगरपालिका वडा नम्बर १ घर भएका शनि पाण्डे, विदुर नगरपालिका वडा नम्बर ३ की कृतिका शाही, जुम्ला घर भएकी २३ बर्षिया अनिता नेपाली र बारबर्दिया नगरपालिका वडा नम्बर ५ घर भएका ३० वर्षका सुदिप केसी रहेका छन् । घाइतेहरुलाई उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

