त्रिशुलीमा गाडी खसेको पुष्टी, बोलेरो जिपमा कोही पनि मानिस भेटिएनन्


काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्डबाट त्रिशुली नदीमा गाडी खसेको पुष्टी भएको छ ।

बिहान करिब सवा ४ बजेतिर खसेको भन्ने सूचना पाएपछि खोजीमा जुटेको सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पानी भित्र गएर खोजी गर्दा सिंगल क्याबिनको बोलेरो गाडी भेटिएको जनाइएको छ ।

तर, उक्त गाडीमा मानिस भने नभेटिएको जनाइएको छ ।

गाडी खसेको सूचनापछि नेपाल प्रहरीसँगै उद्धारका लागि सशस्त्र प्रहरीको टोली समेत परिचालन भएको थियो। सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ७ जना गोताखोर सहित १० जना र नम्बर १७ गण चितवनबाट इन्सपेक्टरको कमाण्डमा १३ जनाको फौज परिचालन भएको थियो।

प्रतिक्रिया