ट्याक्सी र कार ठोक्किँदा ११ जना घाइते


काभ्रे – बीपी राजमार्गमा भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । रोशी गाउँपालिका वडा नं. ८ डिप्सामा भएको दुर्घटनामा ट्याक्सीले कारलाई ठक्कर दिँदा ११ जना घाइते भएका हुन् ।

बी एए २९२५ नम्बरको निजी कारलाई नम्बर नखुलेको ट्याक्सीले ठक्कर दिएको जनाइको छ ।

दुर्घटनामा घाइते भएकाको स्थानीय मेथिनकोट अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया