प्रचण्ड-माधव समूहमा लागेको भन्दै कर्मचारी बर्खास्त, तत्काल पुनर्बहाली गर्न संगठनको माग


जाजरकोट –जाजरकोट स्थित भेरी नगरपालिकाले नेकपा प्रचण्ड(माधव समूहमा आवद्ध भएको भन्दै तीन कर्मचारी बर्खास्त गरेको छ ।

प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित भएर नगरपालिकाले कर्मचारी बर्खास्त गरेकाले तत्काल पुनर्बहाली गर्न कर्मचारी संगठनहरुले माग राखेका छन् ।

प्रचण्ड-माधव समूह निकट प्रेस संगठनमा आवद्ध भएको भन्दै नगरपालिकामा एमआईएस अपरेटर पवन शर्मा, सरोज वली र भरतकुमार शर्मालाई बर्खास्त गरेको छ ।

जिल्लास्ति निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी यूनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले संयुक्त वक्तव्य निकाल्दै आपत्ति जनाएका छन् ।

 

प्रतिक्रिया