रोकिराखेको टिप्परमा स्कुटर ठोक्किँदा चालकको मृत्यु


काठमाडौं- सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ लामोसाँघुमा रोकिराखेको टिप्परमा स्कुटर ठोक्किँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सीतामडी घर भई खाडीचौर बस्ने २२ वर्षीय अर्जुन कुमार रहेका छन् ।

हिजो राति खाडीचौरबाट लामोसाँघुतर्फ जाँदै गरेको प्र३ ०२ ०१२ प ३७३७ नम्बरको स्कुटर रोकिराखेको बाप्र०१ ००४ क ०११६ नम्बरको टिप्परमा ठोक्किएको थियो ।

दुर्घटनामा बलेफी गाउँपालिका–७ बस्ने २२ वर्षीया हिना जिरेल घाइते भएकी छन् । काठमाडौंस्थित ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ ।

टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया