
गाजामा भएको आक्रमणमा ६० भन्दा बढीको मृत्यु
गाजा पट्टी- हमासद्वारा नियन्त्रित गाजा क्षेत्रमा रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको आक्रमणमा ६० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको सोमबार जनाएको छ ।
गाजा पट्टीमा इजरायली आक्रमण र तोपको बमबारीका कारण दर्जनौं व्यक्ति घाइते समेत भएको हमासको सञ्चार कार्यालयले जनाएको छ ।
दक्षिणी शहर खान युनिस र राफाका साथै गाजा शहर वरपरका क्षेत्रमा आक्रमण भएको सञ्चार माध्यमले जनाएका छन् ।
अक्टोबर ७ मा हमासका लडाकुहरूले इजरायलमाथि आक्रमण गरेपछि गाजामा युद्ध सुरु भएको थियो । युद्धका कारण इजरायलमा करिब एक हजार १४० जनाको मृत्यु भएको एएफपीलाई इजरायलबाट प्राप्त आधिकारिक तथ्याङ्कमा उल्लेख छ ।
लडाकूहरूले लगभग २५० बन्धकहरूलाई पनि कब्जामा लिएकोमा करिब १०० भन्दा बढीलाई मुक्त गरिएको छ भने अझै १३२ जना गाजामा रहेको इजरायलले बताएको छ । बन्धकमध्ये कम्तीमा २५ जना मारिएको विश्वास गरिएको छ ।



कागजपत्र |
