

बढ्यो सुनको मूल्य

काठमाडाैं- सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन, आज ३०० रुपैयाँले बढेर एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन ३०० रुपैयाँले बढेर प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य स्थिर रही प्रतितोला १४२० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम चाँदीको मूल्य एक लाख दुई हजार ४ सय ५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख एक हजार ९ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२१७.५० रुपैयाँ कायम गरेको छ ।

