४ महिनाअघि प्रेम विवाह गरेका राधे मृत फेला, पत्नी घाइते


जनकपुरधाम- धनुषामा महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका राधे सहनी मृत फेला परेका छन् । आज बिहाज क्षिरेश्वरनाथ नगरपालिका–३ पकडियास्थित गहुँ खेतमा उनी मृत फेला परेको इलाका प्रहरी कार्यालय सखुवाले जनाएको छ ।

सोही स्थानमा उनकी पत्नीअस्मिता सहनी सख्त घाइते अवस्थामा फेला परेको प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

४ महिनाअघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरी क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए। स्थानीयले घटना रहस्यम भएको बताएका छन् ।

प्रतिक्रिया