
भोलि अर्घाखाँची जाँदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि माघ १ गते अर्घाखाँची जाने भएका छन् ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा आयोजना गर्न लागिएको ‘पर्यटन प्रवर्द्धन कार्यक्रम–२०८०’ को उद्घाटन गर्न प्रधानमन्त्री जाने भएका हुन् ।
प्रधानमन्त्री दाहालले अर्घाखाँचीको सदरमुकामस्थित टुँडिखेलमा महासंंघद्वारा आयोजना गर्न लागिएको पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० को उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल पत्रकार महासंंघ अर्घाखाँची शाखा अध्यक्ष अशोक खनालले जानकारी दिए ।
जिल्लाका पर्यटकीय क्षेत्रको पहिचान गरी धेरैभन्दा धेरै पर्यटक जिल्लामा भित्राउने उद्देश्यबाट नेपाल पत्रकार महासंघ अर्घाखाँचीले दुई महिने अभियान सुरु गर्न लागेको जनाइएको छ ।



कागजपत्र |
