आजदेखि काठमाडौैंका धारामा मेलम्ची, कुन–कुन क्षेत्रमा आउँछ त पानी ?


काठमाडौं – आजदेखि उपत्यकाका धाराहरुमा मेलम्चीको पानी आउने भएको छ । वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको आपूर्ति मर्मतपछि काठमाडौं आइपपुगेको हो ।

पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी आइरहेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर मेलम्चीको खानेपानी वितरणको पुनः शुभारम्भ गर्ने भएका छन् ।

जसअनुसार आजदेखि मीनभवन र अनामनगर क्षेत्रमा पानी वितरण हुनेछ । सबैतिर एकैचोटी वितरण गर्न नसकिने भएको हुनाले अनामनगर र मीनभवन क्षेत्रका साथै त्यसपछि क्रमशः त्यसपछि क्रमशः खुमलटार, बालाजु, बोडे सबैतिरका खानेपानी भण्डारण केन्द्रमा पानी भरेर वितरण गरिनेछ जनाइएको छ ।

प्रतिक्रिया