ईसेवा र फोनपेमा समस्या


काठमाडौं- आज डिजिटल वालेट ईसेवा र फोनपेमा समस्या देखिएको छ । केही प्रयोगकर्ताले लगइन गर्दा समस्या भोगिरहेका छन् ।

ईसेवाले नेटवर्कमा समस्या देखिएको र प्राविधिक टोली समस्याको समाधानका लागिरहेको जनाएको छ । ईसेवाले आफ्नो आधिकारिक फेसबुक पेजमा प्राविधिक समस्या आएको जनाएको छ ।

यस्तै फोनपेमा पनि  समस्या देखिएको छ । एक सूचना जारी गर्दै कम्पनीले प्राविधिक कारणले सबै सेवा अवरुद्ध भएको जनाएको छ । फोनपेमार्फत भुक्तानी गर्न खोज्दा समस्या देखिएको प्रयोगकर्ताहरूले गुनासो गरेका छन् ।

फोनपेले आफ्नो टिमले समस्याको समाधान गर्न काम गरिरहेको उल्लेख गरेको छ

प्रतिक्रिया