बैतडीमा धामी र खोटाङमा भुजेल मृत भेटिए


काठमाडौं– बैतडी र खोटाङमा एक एक जना मृत फेला परेका छन्

बैतडीकाे सुर्नया गाउँपालिका–१ र ३ को सिमानामा रहेको सिदुन खोलामा दार्चुला नौगाड गाउँपालिका–४ सिप्टी बस्ने ५७ वर्षीय प्रेम सिंह धामी शनिबार मृत अवस्थामा फेला परेका छन् । कैलालीको चुरेबाट पुस २४ गते घरतर्फ फर्केका उनी घर नपुगेपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यस्तै खोटाङको खोटेहाङ गाउँपालिका(७ रातमाटा बस्ने ५७ वर्षीय नर बहादुर भुजेल सोही ठाउँस्थित भिरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

घरबाट शुक्रबार बिहान सोही ठाउँस्थित जङ्गलमा खर काट्न भनी गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

प्रहरीले दुवै घटनामा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया