सत्ता गठबन्धनकाे बैठक जारी


काठमाडाैं- सत्ता गठबन्धनको बैठक अहिले बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयक, राष्ट्रियसभा निर्वाचन र समसामियक राजनीतिबारे छलफल भइरहेको छ ।

आजको बैठकमा गठबन्धनबाट राष्ट्रियसभाका उम्मेदवार बनेकाहरूलाई जिताउने विषयमा पनि छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया