नदी दोहन गर्दै गरेका ११ टिपर र जेसिबी नियन्त्रणमा


महोत्तरी – महोत्तरीको उत्तरी क्षेत्र बर्दिवास नगरपालिकामा चुरे तथा रातु नदीमा अनियन्त्रित र अनुचित उत्खननमा संलग्न टीपर जेसिवीलाई नियन्त्रणमा लिइएको छ ।

राजस्व छली गर्दै अवैध दोहन भएको चर्को विरोध भइरहेकै बेला दुई दिनभित्र ११ वटा टिपर र जेसिवीलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

बर्दिवास-४ स्थित चेरुको निजी जग्गावाट मापदण्डविपरीत उत्खनन भएको आरोपमा माटो ओसारपसार गरिरहेका ११ वटा टिपर पक्राउ परेको २४ घण्टा नबित्दै बर्दिवास-७ बाट आज एउटा जेसिवी र टिपरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा अस्थायी प्रहरी पोष्ट माईस्थानबाट खटिएको प्रहरी टोलीले अवैध उत्खनन र  स्टोक प्रमाणित नरहेको उक्त जेसिवी र टिपर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोककृष्ण अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया