


बागलुङमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, ९ घाइते

बाग्लुङ- बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका-५ अस्तुमा दुर्घटना भएको हो ।
दुर्घटनामा जीप चालक ढोरपाटन नगरपालिका-४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका-११ काठमाडौँकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।
जीपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

