
मालपोतका दुई पूर्वहाकिम भ्रष्टाचारी ठहर
काठमाडौं- मालपोत कार्यालय पर्साका दुई पूर्वहाकिम भ्रष्टाचारी ठहर भएका छन् । राजश्व हिनामिनासम्बन्धि भ्रष्टाचार मुद्दामा विशेष अदालतले बिहीबार फैसला सुनाएको हो ।
तत्कालिन मालपोत प्रमुख प्रकाश प्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा, नासु मदन प्रसाद गुप्ता र लेखापाल नागेन्द्र प्रसाद चौधरी दोषी ठहर भएका हुन् ।
उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ चैत २०७९ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आर्थिक वर्ष २०७२/७३ मा ९५ लाख ८ हजार राजश्व हिनामिना गरेको अख्तियारको दाबी रहेकोमा बिशेषले ठहर गरेको हो ।
नासु गुप्ताकै योजनामा यसरी राजश्व हिनामिना भएको हो । यसअघि उनीविरुद्ध अरु मुद्दा पनि दायर भइसकेको छ। हाल उनी थुनामै छन् ।



कागजपत्र |
