
प्रधानमन्त्रीले झपारेपछि राजीनामा दिने ‘मुड’मा कुलमान !
काठमाडौं – डेडिकेटड लाइन र ट्रंक लाइनबारे देखिएको समस्यालाई लिएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राजीनामा दिने तयारी गरेका छन् ।
विगत केही दिनयतादेखि समस्या बन्दै आएको विद्युत् महसुलको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरण र उद्योगीबीचको द्वन्द्व समाधानोन्मुख देखिए पनि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राजीनामा दिने तयारी गरेको जनाइएको छ ।
प्राधिकरणको अधिकार रहेको महसुल बक्यौतामा सरकारले दबाब दिएको महसुस गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङले राजीनामा दिने तयारी गरेको पनि स्रोतले दाबी गरेको छ ।
त्यसअघि नेपाल विद्युत् प्राधिकरणले रहेको डेडिकेटेड र ट्रंक लाइनमार्फत् बिद्युत् उपलब्ध गराएका उद्योगहरुले अर्बौं रुपैयाँ विद्युत् महसुल नतिरेपछि महसुल बुझाउनका लागि ताकेता गरेर केही उद्योगहरुको लाइन काटिदिएको थियो ।
सो विद्युत् लाइन काटिदिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गुहारेका उद्योगीको चरम दबाबका कारण मन्त्रीपरिषद्ले प्राधिकरणलाई सो समस्या समाधानका लागि तत्कालका लागि विद्युत् पुनः जोड्नका लागि निर्देशन दिने निर्णय गरेको थियो ।
नेपाल विद्युत् प्राधिकरणले मन्त्रीपरिषद्को निर्णय ४ दिनसम्म कार्यान्वयन नगरेपछि प्रचण्डले प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई बिहीबार प्रधानमन्त्री कार्यालयमा बोलाएर तत्काल लाइन पुनः जोड्न दबाब दिएको स्रोतले जनाएको छ ।
मंगलबारको मन्त्रीपरिषद्को बैठकले ‘डेडिकेटेड र ट्रंक लाइनको महशुलका बारेमा उठेका समस्याहरुका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश श्री गिरिशचन्द्र लालको नेतृत्वमा उद्योग र उर्जा मन्त्रालयका सचिव रहेको तीन सदस्य समिति गठन गर्ने । समितिले प्रतिवेदन पेस गरी निर्णय नहुन्जेलसम्मको लागि हाललाई उद्योगीहरुको काटिएको विद्युत लाइन जोड्न निर्देशन दिने,’ निर्णय गरेको थियो ।
मंगलबारको मन्त्रिपरिषद्को बुधबार सार्वजनिक भएको निर्णय तत्काल कार्यान्वयन नभएपछि उद्योग व्यवसायीहरुले प्रधानमन्त्रीमार्फत् तत्कालै लाइन जोड्न दबाब दिएपछि मन्त्रिपरिषद्को निर्णयसम्बन्धी पत्र बिहीबार रै प्राप्त भएको जनाउँदै प्राधिकरण सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले लाइन जोड्ने निर्णय गरेको थियो । तर, त्यसअघि पनि मन्त्रीपरिषद्को निर्णयपछि २ पटक प्राधिकरणको सञ्चालक समितिको बैठक बसे पनि त्यसबारेमा केही निर्णय भने भएको थिए ।
बिहीबार प्रधानमन्त्री प्रचण्डले पुनः प्राधिकरण निर्देशकलाई लाइन जोड्दिनु भन्दै दबाब दिएपछि शुक्रबार बिहानै प्राधिकरणको बैठक बसेको स्रोतले जनाएको छ ।
सोही बैठकबाट तत्कालका लागि काटिएको लाइन पुनः जोडिदिने निर्णय प्राधिकरणले गरेको छ । यही पुस ६ गतेदेखि लाइन काटेको प्राधिकरणले २४ वटै उद्योगको लाइन आजैदेखि जोड्ने कार्य सुरु भएको पनि प्राधिकरण स्रोतले जनाएको छ ।



कागजपत्र |
