३ महिना अघि आमा गुमाएका मन्त्री लिम्बूलाई पत्नी शाेक


उर्लाबारी – युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी शाेक परेको छ ।

मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको बिहीबार राति ८ बजे ५८ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि कलेजोको क्यान्सरबाट पीडित लिम्बूको मोरङको लेटाङ–६ , गुवाबारी स्थित आफ्नै घरमा निधन भएको हो ।

लिम्बुको पार्थिव शरीर लिम्बू परम्परा अनुसार शुक्रवार अन्त्येष्टि गरिने मन्त्री लिम्बूका स्वकीय सचिव साजन कुँवरले बताए । लिम्बूका १ छोरा र १ छोरी छन् ।

मन्त्री लिम्बूकी आमाको गत असोज २६ गते मृत्यु भएको थियो ।

प्रतिक्रिया