बाँदर व्यवस्थापनमा सहयोग माग्दै आरजुले लेखिन् भारतीय राजदूतलाई पत्र


काठमाडाैं- प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले बाँदर व्यवस्थापनमा सहयोग गर्न भन्दै भारतीय राजदूतलाई पत्र पठाएको बताएकी छन् ।

समितिको बिहीबार बसेको बैठकमा बोल्दै सभापति राणाले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई पत्र पठाएको जानकारी दिएकी हुन् । ‘किसानहरुको बाली नष्ट गर्ने बाँदरलाई कसरी व्यवस्थापन गर्ने भनेर भारतीय राजदुतलाई पत्र लेखेको थिएँ । उहाँले रेसपोन्स गर्नुभएको छ’ उनले भनिन् ।

बाँदर व्यवस्थापनको लागि १० जना भेटनरी डाक्टरहरूलाई तालिम दिने तयारी रहेको राणाले बताइन् ।

प्रतिक्रिया