कोठामा आगो बालेर सुतेकी वृद्धाको जलेर मृत्यु


काठमाडौँ – बर्दियामा आगोमा जलेर एक वृद्धाको मृत्यु भएको छ ।

जिल्लाको राजापुर नगरपालिका – ५ झप्टी बस्ने ७५ वर्षीय सोहनी थारुको जलेर मृत्यु भएको हो ।

सुत्ने कोठामा चिसोबाट बच्नका लागि बालिएको आगोले वृद्धाले ओढेको ब्लाङ्केटमा सल्किएपछि उनी घाईते भएकी थिइन् ।

बुधबार दिउँसो साढे तिन बजे घाईते भएकी उनलाई उपचारका लागि बर्दिया अस्पताल हुँदै नेपालगञ्ज लगिएको थियो ।

उनको मृत्यु आज बिहान चार बजे भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए ।

प्रतिक्रिया