तराईमा हुस्सु र कुहिरो, अन्य स्थानहरूमा कस्तो रहला आज दिनभरको मौसम?


काठमाडौं – तराईका अधिकांश भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा छ ।

महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ।

राति कोशी र बागमती प्रदेशको पहाडी भेगका आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ।

तराईमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाइ यातायातमा प्रभाव पर्नसक्ने महाशाखाले जनाएको छ।

उसले चिसोबाट समेत बच्न आवश्यक उपाय अपनाउन समेत सुझाव दिएको छ।

प्रतिक्रिया