सन्दीपको मुद्दामा बहस सकियो


काठमाडौं- बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सजाय निर्धारणका लागि बहस हो ।

केहीबेरमै न्यायाधीश ढकालले लामिछानेमाथि सजाय तोक्नेछन् ।

यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो ।

पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेको सजाय तोक्न आज पेसी तोकिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।

लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

 

प्रतिक्रिया