
केक र कुकिजमा गाँजा मिसाएर बेच्ने दुईजना पक्राउ
काठमाडौं- लागुऔषध गाँजा मिसाएर केक र कुकिज बनाएर बेचेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोहमद फाजिल र शालोम सादा लेप्चा जैसी रहेका छन् ।
उनीहरुले सामाजिक सञ्जालमार्फत गाँजा मिसाएर केक र कुकिज बिक्री वितरण गर्ने सूचनापछि लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।
उनीहरूले राजधानीको एकान्त कुनामा घर भाडा लिई एक वर्षदेखि यस्तो कार्य गर्दै आएको खुलेको छ । पक्राउ परेकाहरुमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान थालिएको जनाएको छ ।



कागजपत्र |
