
बम्जनलाई हतकडी नलगाई आफूसँगै पठाउन पूर्वमन्त्रीको माग
काठमाडौं – मंगलबार पक्राउ परेका तपस्बी रामबहादुर बम्जनलाई प्रहरीले सर्लाही लैजाने तयारी गरेको छ ।
पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेर सीआईबीले दिउँसो बम्जनविरुद्ध मुद्दा चलिरहेको सर्लाहीमा आवश्यक कारबाही प्रक्रियाका लागि लैजान लागेको हो ।
तर, पूर्वभूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामा बम्जनलाई आफूहरूले प्राइभेट गाडीमा लैजाने भन्दै महाराजगञ्जस्थित सीआईबी कार्यालय पुगेकी छन् । रामबहादुर आफूहरूको ‘भगवान्’ रहेको भन्दै हतकडी नलाउनसमेत उनले प्रहरी अधिकारीसँग माग गरेकी छन् ।
तर, सीआईबीका अधिकारीले त्यसरी जिम्मा दिन नमिल्ने भन्दै अदालतमा म्याद थपलगायत आवश्यक कारबाहीका लागि प्रहरीले नै लैजाने जवाफ दिएका छन् ।
बिहानैदेखि सीआईबीमा बम्जनका समर्थक भेला भएका छन् । बम्जनले कानूनलाई सम्मान गर्ने भन्दै समर्थकलाई उत्तेजक नहुन आग्रह गरेको बताइएको छ । बलात्कार, हत्या, बेपत्ता पारेकोलगायतका आरोपमा बमजनविरुद्ध प्रहरीमा उजुरी छ । हिजो परिवार भेट्न आउँदा उनी बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।



कागजपत्र |
