
पोखराबाट रामपुर जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
तनहुँ- पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जीप दुर्घटनामा परि २ जनाको मृत्यु भएको जनाइएको छ ।
तनहुँको भिमाद–डेढगाउँ सडकअन्तर्गतको शेर्का घुम्तीमा भएको दुर्घटनामा अन्य ९ जना घाइते भएको जनाइएको छ ।
ऋङ्गपथ मोटरमार्ग बाट १ सय सत्तरी मिटर तल खसेको उक्त जीपमा चालकसहित १२ जना सवार थिए । ग १ ज ६३५६ नम्बरको जीपका चालक भने गाडीबाट हाम्फालेको जनाइएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा डेढगाउँका एक पुरुष भएको जनाइएको छ भने अर्काको बारेमा यकिन हुन सकेको छैन । दुवै जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।



कागजपत्र |
