सञ्चार मन्त्रालयका सचिव राउतकाे सरूवा


काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतको सरुवा भएको छ । उनको स्थानमा रामकृष्ण सुवेदीलाई सञ्चार सचिवका रुपमा ल्याइएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव रहेका सुवेदीलाई सञ्चार मन्त्रालयमा सरुवा गर्ने र राउतलाई सो आयोगमा पठाउने निर्णय गरेको हाे ।

प्रतिक्रिया