लागुऔषधसहित प्रहरी नै समातिए


कैलाली- कैलालीमा नेपाल प्रहरीका सहायक हवल्दार नै पक्राउ परेका छन् । हिजो (सोमबार) लागुऔषधसहित प्रहरी सहायक हवल्दार विष्णु चौधरी पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले धनगढीस्थित नेपाल प्रहरीको गणमा कार्यरत (चालक) सहायक हवल्दार चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको जनाइएको छ ।

उनलाई ८ सय मिलिग्राम लागुऔषध ९ब्राउनसुगर० सहित समातिएको बुझिएको छ । उनले विगतदेखि नै ड्रग्स डिलरसँग कनेक्सन जोडेर धन्दा थालेको प्रहरी स्रोतको दाबी छ ।

प्रतिक्रिया