नेप्सेमा २० अंकको वृद्धि, कारोबार रकम ६ अर्बमाथि


काठमाडाैं- शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६२ अङ्कले बढेर दुई हजार ८० दशमलव १२ विन्दुमा पुगेको हो ।

आज जलविद्युत्, उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक ‘सर्किट’ लागेको छ ।

आज छ अर्ब ११ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ४९ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

प्रतिक्रिया