

आज पनि घट्यो सुनको मूल्य

काठमाडाैं- मंगलबार सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले घटेकाे हाे।
महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदी भने आज स्थिर रहेकाे छ। साेमबार १४ सय १५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेको महासङ्घले जनाएको छ।

