जडीबुटीको स्पा सेन्टरमा आगलागी, २६ लाख बराबरको क्षति


काठमाडौं – राजधानीको जडीबुटीमा सञ्चालित स्पा सेन्टरमा आगलागी भएको छ । मङ्गलबार बिहान ३ बजेर ५० मिनेटमा भवानी गौतमको घरको पहिलो तलामा आगलागी भएको हो ।

पाँच तले घरको पक्की घरको पहिलो तलामा नवीना खत्रीले सञ्चालन गरेको प्रि अप माइन्ड मसाज सेन्टरबाट आगो सल्किएको प्रहरीले जनाएको छ ।

विद्युत् सट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

दुईवटा दमकलको सहायताले सुरक्षाकर्मीले आगो निभाएका छन् । आगलागीबाट करिब २६ लाखको क्षति भएको आकलन गरिएको छ ।

प्रतिक्रिया