महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते


काठमाडाैं – महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक तथा प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए।

उनका अनुसार बर्दिवास–औरही भित्री सडकखण्डमा रामगोपालपुरतर्फ जाँदै गरेको प्र २–०२–००४ प १८४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ११ प ८०९९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

सोमबार राति सबा दस बजे भएको उक्त दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा महोत्तरी भँगहा नगरपालिका–३ का धर्मेन्द्र महतो र महोत्तरी रामगोपालपुर नगरपालिका–८ थलीका मुकेश चमार रहेको प्रहरी उपरीक्षक गिरीले बताए।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि बर्दिवासस्थित शुभ स्वस्तिक अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।

 

प्रतिक्रिया