२ पटक टेकअफ प्रयास गर्दा पनि नउडेपछि नेवानिको जहाज ग्राउन्डेड


काठमाडौं- काठमाडौंबाट बैंककतर्फ उड्न लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले २ पटकसम्म पनि टेकअफ गर्न नसकेपछि यात्रु अलपत्र परेका छन् ।

एक सय ५२ यात्रुसहित निगमको आरए ४०१ न्यारोबडीले दिउसो साढे दुई बजे पहिलो पटक उडानको प्रयास गरेको थियो ।

तर टेकअफ गर्न नसकेपछि एप्रोनबाट पुसब्याक गरेर ट्याक्सी वेमा राखिएको थियो । सोहि विमानलाई फेरि यात्रु राखेर साढे ४ बजे टेकअफका लागि प्रयास गर्दा पनि विमानले उडान लिन सकेको थिएन । त्यसपछि भने यात्रुलाई टर्मिनल भवनमा फर्काएर गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको छ ।

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार हवाई व्यवस्था नियम अनुसार निगमले सम्पूर्ण यात्रुलाई होटलमा राखेको छ ।

मर्मतपछि आज सोही उडानमार्फत बिहानको साढे ११ बजे यात्रुहरुलाई बैंकक पठाइने उनले बताए ।

 

 

प्रतिक्रिया