हुलास स्टिलको बिजुली पनि काटियो


काठमाडौं- नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत आपूर्ति लिएको हुलास स्टीलको लाइन काटेको छ ।

प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टीलको विद्युत् लाइन सोमवार बिहान काटेको हो ।

उद्योगको नाममा मङ्सिरसम्मको बक्यौता रकम ४३ करोड २४ लाख रुपैयाँ रहेको छ ।

प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटेको छ ।

प्रतिक्रिया