

छोराबुहारी भेट्न जापान गएका दम्पती कहिलै नफर्किनेगरि अस्ताए

काठमाडौं- जापानमा कारको ठक्करबाट एक नेपाली दम्पतीको मृत्यु भएको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ विमैचाका पदम विष्ट र उनकी श्रीमती लालसरी विष्टको जापानको उरासो सहरमा मृत्यु भएको हो ।
शनिवार साँझ जियोवान सिटीमा जेब्रा क्रसिङबाट बाटो काटिरहेका दुवैलाई कारले ठक्कर दिएको थियो ।
कारको ठक्करबाट घाइते भएका दुवैलाई अस्पताल पुर्याइएको थियो । तर, अस्पतालले दुवै जनालाई मृत घोषणा गरेको मृतकका भतिजा कुशल कठायतले जानकारी दिए ।
कार चालक ८० वर्षीय एक वृद्धालाई जापानस्थित उरासो प्रहरीले पक्राउ गरेको बताइएको छ ।
विष्ट दम्पती छोराबुहारीलाई भेट्न गत कात्तिकमा टुरिस्ट भिसामार्फत जापान पुगेका थिए ।

